Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वबाट माओवादी केन्द्रका २५ उम्मेदवार सिफारिस

२०७९ भदाै २३
tribeni2

नेकपा माओवादी केन्द्र रुकुम पूर्वले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि २५  जना आकांक्षि उम्मेदवारहरुको नाम सिफारिस गरेको छ ।

मंगलबार र बुधबार बसेको बैठकपछि माओवादी केन्द्र जिल्ला समन्वय समिति रुकुम पूर्वले संघ र प्रदेशको चुनावको लागि उम्मेद्वारको नाम सिफारिस गरेको हो ।

निर्णय अनुसार प्रतिनिधिसभा चुनावको लागि प्रत्यक्षतर्फ गणेशमान पुन, पूर्ण घर्ती, कमला रोका, दलजित शेर्पाली र जुनकुमारी रोकाको नाम सिफारिस गरिएको छ । समानुपातिक तर्फ पूर्णी घर्ती, सुबोधराज सेर्पाली र जगत घर्तीको नाम सिफारिस गरिएको छ ।

त्यसैगरी प्रदेशसभाको निर्वाचन क्षेत्र नम्बर 'क' बाट प्रत्यक्षतर्फ तेजबहादुर ओली, रामसुर बुढामगर, जिताराम कामी, भिमकुमारी पुन, संगम रोका, ओमकुमारी शाही, कालिप्रसाद रोका र तारक पुनको नाम सिफासिर भएको छ ।
प्रदेश निर्वाचन क्षेत्र नम्बर 'ख' बाट लालबहादुर विष्ट, धनमान पुन, कुमारी बराल, मन्साराम खड्का र केशव रावलको नाम सिफारिस भएको छ ।

प्रदेश सभाको समानुपातिक उम्मेदवातर्फ दिलु बुढा, हर्कबहादुर कामी, लिलाप्रसाद सुनार र भूलबहादुर विकको नाम सिफारिस गरिएको माओवादी केन्द्र रुकुम पूर्वले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २३, २०७९  ०७:०९
प्रतिक्रिया दिनुहोस्