Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिमबाट जनार्दन, महेन्द्र र राजकुमार सर्वसम्मत सिफारिस

tribeni2

रुकुम पश्चिम / नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचनका लागि उम्मेदवार सर्वसम्मत सिफारिस गरेको छ ।

माओवादी केन्द्रका अनुसार प्रतिनिधि सभाको उम्मेदवारमा जनार्दन शर्माको नाम सर्वसम्मत गरिएको छ । अर्थमन्त्री समेत रहनुभएका शर्मा यस अघिपनि जिल्लाबाट प्रतिनिधि सभाको सदस्यमा निर्वाचित हुनुभएको हो ।

त्यसैगरी प्रदेश सभा निर्वाचन क्षेत्रका दुवै उम्मेदवार पनि सर्वसम्मत सिफारिस गरिएको छ । प्रदेश निर्वाचन क्षेत्र क बाट महेन्द्र केसी र निर्वाचन क्षेत्र ख बाट राजकुमार शर्माको नाम सिफारिस गरिएको हो ।

समानुपातिक उम्मेदवारको बिषयमा भने छलफल भैरहेको जनाईएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २३, २०७९  १५:०९
प्रतिक्रिया दिनुहोस्