Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

राप्रपा रुकुम पश्चिमले छान्यो आकांक्षि उम्मेदवार

tribeni2

रुकुम पश्चिम / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुकुम पश्चिमले आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको छ । पार्टीको जिल्ला समिति बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको लागि प्रत्यक्ष र समानुपातिक तर्फका आकांक्षि उम्मेदवार सिफारिस गरेको हो ।

प्रतिनिधि सभाको निर्वाचनको लागि प्रत्यक्ष तर्फ गणेश शाह र खम्मु खत्रीलाई सिफारिस गरिएको छ भने समानुपातिक तर्फ दिपक कुमार मल्ललाई सिफारिस गरिएको छ ।

त्यसैगरी प्रदेश निर्वाचन क्षेत्र क को लागि सेती घर्ती बिक, हरि बहादुर खत्री, टेक बहादुर चन्दको नाम सिफासिर गरिएको छ । समानसपातिक तर्फ बिनोद कुमार शाह र सिर्जना के सीको नाम सिफारिस गरिएको छ ।

त्यसैगरी प्रदेश निर्वाचन क्षेत्र ख को लागि प्रत्यक्षतर्फ निर्जल के सी, काली बहादुर खत्री र शंकर बिष्टको नाम सिफारिस गर्ने निर्णय भएको छ भने समानुपातिक तर्फ देबिलाल खड्काको नाम सिफारिस गर्ने जिल्ला समितिले निर्णय गरेको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २३, २०७९  १७:०९
प्रतिक्रिया दिनुहोस्