रुकुममा राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला समिति गठन

रुकुम पश्चिममा राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला समिति गठन गरिएको छ ।

बिहिबार जिल्ला सदरमुकाम मुसिकोट खलंगामा भएको एक भेलाबाट मुसिकोट नगरपालिका ३ का नविन ओलीको राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला सभापतिमा चयन हुनुभएको छ । त्यसैगरी पार्टीाको जिल्ला उप सभापतिमा मुसिकोट नगरपालिका ५ का मोतिराम वली र सचिवमा मुसिकोट नगरपालिका ३ का सुनिता केसी चयन हुनुभएको जनाईएको छ ।

पार्टीका कर्णाली प्रदेश सभापति धिरजबहादुर ओलीको उपस्थितिमा गठन भएको उक्त पार्टीको जिल्ला सदस्यहरुमा सानीभेरी गाउँपालिका ८ का कमल वली, चौरजहारी नगरपालिका ३ का भिमराज बस्नेत, मुसिकोट नगरपालिका ११ का पवन बुढामगर र मुसिकोट नगरपालिका १४ का गोपाल बिष्ट चयन हुनुभएको छ ।

 

प्रकाशित मिति: बिहीबार, भदौ २३, २०७९  १७:०९
प्रतिक्रिया दिनुहोस्