Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

राप्रपा रुकुमपूर्वद्वारा आकांक्षि उम्मेदवार सिफारिस

२०७९ भदौ २४
tribeni2

रुकुम पूर्व / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुकुम पूर्वले आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको छ । पार्टीको जिल्ला समिति बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको लागि प्रत्यक्ष र समानुपातिक तर्फका आकांक्षि उम्मेदवारहरु सिफारिस गरेको हो ।

प्रतिनिधि सभाको निर्वाचनको लागि प्रत्यक्ष तर्फ खिम बहादुर खत्री र मोहनजंग शाहीलाई सिफारिस गरिएको छ भने समानुपातिक तर्फ नित्र्यध्वज शाही, भक्ति पुन मगर र रामप्यारी शाहीलाई सिफारिस गरिएको छ ।

त्यसैगरी प्रदेश निर्वाचन क्षेत्र क को लागि जमानसिंह बुढा र बयरदया पुनको नाम सिफासिर गरिएको छ । 

त्यसैगरी प्रदेश निर्वाचन क्षेत्र ख को लागि प्रत्यक्षतर्फ केशव चन्द्र समाल र मदन सिंह ठकुरीको नाम सिफारिस गर्ने निर्णय भएको छ भने समानुपातिक तर्फ सुधिर बिक्रम शाही, जोडे बुढा, पुतला शाही र अम्मर बहादुर शाहीको नाम सिफारिस गर्ने निर्णय जिल्ला समितिले  गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २४, २०७९  १०:०९
प्रतिक्रिया दिनुहोस्