Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जाजरकोटमा ट्रक दुर्घटना हुदाँ एक जनाको मृत्यु

tribeni2

जाजरकोट/  जाजरकोटमा ट्रक दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन । जिल्लाको नलगाड नगरपालिका  ८ मालुवातडामा ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

रुकुम पश्चिमको राडीदेखि तल्लुवगर तर्फ जाँदै गरेको भे.१ ख. ३७३६ नम्बरको मिनी ट्रकको एक्कासि ब्रेक फेल भई दुर्घटनामा परेको हो 

दुर्घटनामा परी ल्यान बनगाड कुभिण्डे दह नगरपालिका वडा नं. ५ का १८ वर्षीय आशिष गन्धर्वको घटनास्थलमै मृत्यु भएको हो ।

रोल्पाको गङ्गादेव गाउँपालिका ३ बस्ने ३० वर्षीय नवीन डाँगी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तोष निरौलाले ट्रक चालक सुर्खेत भेरी गङ्गा नगरपालिका ६ बस्ने वर्ष ५० को लक्षिराम विक समेत घाइते भएको जानकारी दिनुभयो । घाइतेहरूको एम्बुलेन्स मार्फत उद्धार गरी उपचारका लागि नेपालगन्ज पठाइएको डिएसपी निरौलाले जानकारी दिनुभयो ।

प्रकाशित मिति: शुक्रबार, भदौ २४, २०७९  ११:०९
प्रतिक्रिया दिनुहोस्