Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

विद्यार्थीसंग ट्राफिक प्रहरी कार्यक्रम

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिममा विद्यार्थीसंग ट्राफिक प्रहरी कार्यक्रम सम्पन्न गरिएको छ ।

जिल्लाको बाँफिकोट गाउपालिका वडा नम्बर ४ मा विद्यार्थीसंग ट्राफिक प्रहरी कार्यक्रम सम्पन्न गरिएको हो ।

बिहीबार सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले नै जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पश्चिमको समन्वयमा अस्थाई ट्राफिक पोष्ट छिन्खेतको आयोजनामा उक्त कार्यक्रम गरिएको प्रहरी जवान प्रकाश शाहीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आउदै गरेको चार्ड पर्व लाई लक्षित गर्दै सवारी दुर्घटना न्यूनिकरण कसरी गर्न सकिन्छ ? सवारी चालक लाई ट्राफिक नियम सम्बन्धि सडक सुरक्षा कार्यक्रम गरी सवारी दुर्घटनाबाट कसरी जोगिन सकिन्छ ? सडक दुर्घटना भएमा के गर्ने ?सडकको प्रयोग कसरी गर्ने भन्ने बारे विद्यार्थीसंग जनचेतना मुलक कार्यक्रम गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २४, २०७९  १७:०९
प्रतिक्रिया दिनुहोस्