सोसल मिडिया
भोलीसम्म एकता प्रकृया टुंगाउने निर्णय गरेको नेपाल कम्युनीष्ट पार्टी नेकपाको सचिवालय बैठक अनिश्चित बनेको छ ।
नेकपाको स्थापना दिवसका दिन एकता प्रकृया टुंगिएको घोषणा गर्ने तयारी भएपनि एकता नटुंगिएपछि एकता टुंगिएको घोषणा नै अनिश्चित बनेको हो ।
नेकपाको एकता प्रकृया नै नटुंगिएपछि सचिवालय बैठक पनि अनिश्चित बनेको छ । शिर्ष तहमा केही दिन देखी छलफल भने चलीरहेको छ । अध्यक्षद्धय केपि शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बिच आज पनि अनौपचारीक छलफल हुँदैछ । तर एकता प्रकृया टुंगिने सम्भावना भने छैन् ।
प्रदेश र जिल्ला तहमा एकता टुंगिएपनि केन्द्रिय सदस्य बाँडफाँडमा सहमती जुटीसकेको छैन् । शिर्ष नेता विभिन्न कार्यक्रममा व्यस्त रहदाँ पार्टी भित्र आन्तरीक छलफल हुनसकेको छैन् ।
हिजो बिहान पनि अध्यक्षद्धयबिच भेट भएको थियो । एकता प्रकृया टुंगाउन विभिन्न कार्यदल बनेर काम गरेका थिए । तर अहिले अन्तीम जिम्मेवारी सचिवालयमा छ ।