Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जनतासंग जनप्रतिनिधि कार्यक्रमको सुरुवात

tribeni2

रुकुम पश्चिम / चौरजहारी नगरपालिका वडा नम्बर ५ ले जनतासँग जनप्रतिनिधि कार्यक्रमको सुरुवात गरेको छ । आज वडाको लहरेसिमल टोलबाट जनतासँग जनप्रतिनिधि कार्यक्रमको सुरुवात गरेको हो ।

शुक्रबार लहरेसिमलका नागरिकहरुको ११६ जनाको सामान्य चेक जाँच, ५४ जनाको बल्ड ग्रुप चेक र केहिको प्रेसर चेक लगायतका सेवाहरु दिएको वडा अध्यक्ष खुमबहादुर खड्काले जानकारी दिनुभयो ।

वडा अध्यक्ष खड्काका अनुसार २६ गते मल्यासिममा ,२७ गते बेतेनीमा र २८ गते खहरेमा कार्यक्रम गर्नै तयारी रहेको छ ।

कृषि ,शिक्षा ,स्वास्थ्य लगायत वडा कार्यालयबाट हुने सबै सार्वजनिक सेवा प्रवाहको बारेमा जानकारी दिन र वडामा कत्तिको प्रभाव परेको छ भनि थाहा पाउनको लागी उक्त कार्यक्रम गर्न थालेको हो ।

प्रकाशित मिति: शुक्रबार, भदौ २४, २०७९  १७:०९
प्रतिक्रिया दिनुहोस्