Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

यी हुन् रुकुम पश्चिमबाट माओवादीले समानुपातिकको लागि सिफारिस गरेका उम्मेदवारहरु

tribeni2

रुकुम पश्चिम / नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति रुकुम पश्चिमले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि समानुपातिक उम्मेदवारहरुको नाम सिफारिस गरेको छ ।

प्रतिनिधि सभाको समानुपातिक उम्मेदवारतर्फ बुद्धिप्रसाद शर्मा, नरबहादुर पुन, कलबहादुर नाथ, प्रेमकुमारी सुनार, इन्दीरा विएम, गणेश बि.क र प्रेमा शाहीको नाम सिफारिस गर्ने निर्णय भएको जनाईएको छ । प्रत्यक्षतर्फ जनाार्दन शर्मालाई यस अघि नै एकल उम्मेदवार सिफारिसको निर्णय सार्वजनिक भएको थियो ।

प्रदेशसभाको समानुपातिक उम्मेदवारतर्फ मिलन खड्का, ऋृषिप्रसाद शर्मा, लक्ष्मी पुन, झक्कुप्रसाद घर्ती, निमबहादुर बुढाथोकी, गीता नेपाली र लालबहादुर सिर्पालीको नाम सिफारिस भएको छ ।

प्रत्यक्ष तर्फको लागि प्रदेश निर्वाचन प्रदेश क्षेत्र 'क' मा महेन्द्र के.सी., 'ख' मा राजकुमार शर्माको एकल नाम सिफारिस गर्ने निर्णय भएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ २५, २०७९  ०९:०९
प्रतिक्रिया दिनुहोस्