Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

गजल– बिकास खड्का

tribeni2
  • गजल

तिम्रो दुःख बर्बादी देख्छु भनी मैले
गुमाईदिएँ आँखाको रोशनी मैले

एकदिन ब्याजसँग फिर्ता गर्नेनै छु
यी वचनहरुको ऋण गनि गनि मैले

सजिलै कमाउँदा रहेछन् दुनियाँ
मुस्किलले कमाको छु दुस्मनी मैले

सम्झना छ तिम्रो पर्खाल टालेको
भत्काएर आफ्नै घर आँगनी मैले

हाँसो गुमाएपछि आँसुको सहरमा
कसैलाई देखिन म भन्दा धनी मैले ।

– बिकास खड्का

(रुकुम पश्चिम)

प्रकाशित मिति: शनिबार, भदौ २५, २०७९  १३:०९
प्रतिक्रिया दिनुहोस्