Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बागबजारमा थपियो नयाँ ट्रान्सर्फमर

tribeni2

रुकुम पश्चिम / मुसिकोट नगरपालिका वडा नम्बर १ बागबजारमा ट्रान्सर्फमर थप गरिएको छ । करिब २ महिना अघि देखि नै गरिएको प्रतिबद्धता अनुसार बागबजारमा ५० KVA को नयाँ ट्रान्सर्फमर थप गरिएको हो ।

नयाँ ट्रान्सर्फमर थप गरिएसँगै बजार क्षेत्रको विद्युत सप्लाइमा गुणस्तरीयता कायम हुने विद्युत प्राधिकरण रुकुम पश्चिमका कार्यालय प्रमुख त्रिलोचन भट्टराईले बताउनुभयो ।

कार्यालय प्रमुख भट्टराईका अनुसार मुसिकोट नगरपालिकाको वडा नम्बर १ र ५ मा अवस्थित बागबजार ,रावलबारा ,भल्खोली, साउनेपानीमा उक्त ट्रान्सर्फमरबाट लाइन सप्लाई गरिने छ ।

थपिएको नयाँ ट्रान्सर्फमरसँगै खलंगा बजारमा रहेको २०० KVA ट्रान्सर्फमरको लोड व्यवस्थापन भएका कारण अव उपभोक्ताहरुलाई सहज हुने पनि उहाँले बताउनुभयो । ।

प्रकाशित मिति: शनिबार, भदौ २५, २०७९  १४:०९
प्रतिक्रिया दिनुहोस्