Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आत्महत्या सम्बन्धि सचेतनामूलक अन्तरक्रिया कार्यक्रम

२०७९ भदौ २६
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वमा आत्महत्या सम्बन्धि सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । शनिबार "आशा जगाऔँ, जीवन बचाऔँ" भन्ने मूल नाराका साथ विश्व आत्महत्या रोकथाम दिवस २०२२ को अवसरमा जिल्लाको भूमे गाउँपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।

युएममएन रुकुम पूर्व क्लस्टर, एन प्याफ रुकुम, भूमे गाउँपालिका स्वास्थ्य शाखा र जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वको साझेदारी गाउँपालिकाको वडा १ को लुकुम र २ नम्बर वडाको सैपातु मा उक्त कार्यक्रम संचालन गरिएको हो ।

पछिल्लो तथ्यांक अनुसार अहिले देशभर आत्महत्या गर्ने हरुको संख्यामा पनि बृद्धि भैरहेको हुदा यसबाट कसरी बच्न सकिन्छ ? आत्महत्या तिर मानसिकता के कारणले जान्छ ? भन्ने विषयमा कार्यक्रममा छलफल गरिएको थियो ।
कार्यक्रममा सहभागीहरुले बिशेष गरी आत्महत्या गर्नेहरुमा कमजोर आर्थिक अबस्था,पारीवारीक समस्या, दीर्घरोगको समस्या मानसिक रोग नै प्रमुख कारण रहेको बताएका छन् ।

त्यस्तै अशिक्षा बेरोजगारी, बैदेशिक रोजगार, बाल बिबाह, बहु विवाह बालबालिकामा अभिभावकको निगरानिमा कमीहुनु, सामाजिक सञ्जालको दुरुपयोग जस्ता कारणले आत्महत्या बृद्धि हुदै गैरहेको स्वास्थ्य कार्यालय रुकुम पूर्वका प्रमुख नारायण चौधरीले बताउनु भयो ।

त्यस्तै बारम्बार निराश र एक्लोपनको मशसुस गर्नु,लागुऔषध र मादक पदार्थको सेवन गर्नु, निद्रामा गडबढी हुनु, निराशाजनक अभिब्यक्ति प्रस्तुत गर्नु,चाडो रिसाउनु,सामाजिकीकरण हुन नखोज्नु नै आत्महत्याको लक्षण रहेको स्वास्थ्य कार्यालय का फोकल पर्सन निम प्रसाद गिरीले बताउनु भयो ।

यस्तै युएमएनका स्वास्थ्य परियोजना व्यवस्थापक नबिन चौधरीले आत्महत्या एक गम्भिर जनस्वास्थ्य समस्या भएका कारण यस समस्यालाई निराकरण गर्न सहकार्यका लागि युएमएन सधै तयार रहेको बताउदै यहाँका स्थानीय सरकार लगाएत स्वास्थ्य संग सरोकार राख्ने सबै निकायहरुलाई पनि अनुरोध गर्नु भएको छ । कुनै पनि मानिसलाई एक्लै भएको महसुस भै जिवन जिउन बेकार लाग्ने जस्तो अवस्था पैदा भएका ११६६ राष्ट्रिय हेल्पलाईनमा फोन गरेर परामर्श लिन सकिने बताउनु भयो ।

कार्यक्रममा भूमे गाउँपलिका वडा नम्बर १ का अध्यक्ष काजिमान पुन स्वास्थ्य कार्यालय रुकुम पूर्वका प्रमुख नारायण चौधरी, फोकल पर्सन निम प्रसाद गिरी, यु एम एनका स्वास्थ्य परियोजना व्यवस्थापक नबिन चौधरी, तिन वटै पालिकाका स्वास्थ्य शाखा प्रमुख, प्रहरी, महिला स्वस्थ्य स्वयंम सेविका लगाएत स्थानिय हरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: आइतबार, भदौ २६, २०७९  १०:०९
प्रतिक्रिया दिनुहोस्