सोसल मिडिया
नेपाल कम्युनीष्ट पार्टी नेकपाले ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगाएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले एकताको अन्तीम चरणको काम टुंगाएको हो ।
७७ वटै जिल्लाका अध्यक्ष र सचिवको नाम भोली नेकपा स्थापना दिवसको दिन घोषणा गरीने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए ।
नेकपाले यो घोषणापछि लगत्तै पोलीटब्युरो बैठक बसेर केन्द्रिय सदस्य र पदाधीकारीको नाम पनि टुंगो लगाउने जनाएको छ । भोली नेकपाले स्थापना दिवसको अवसरमा बिशेष कार्यक्रमको आयोजना गरेको छ ।