Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

२ सय ३१ कृषकलाई तरकारीको बीउ वितरण

tribeni2

रुकुम पश्चिम / मुसिकोट नगरपालिका वडा नम्बर ५ ले वडाका किसानहरुलाई ताजा तरकारीको बीउ वितरण गरेको छ । शनिबार वडाले किसानहरुलाई मौसमी तथा बेमौसमी तरकारीको बीउ वितरण गरेको हो ।

थर्पु, डाङ्गडुङ्गे, घुयलपानी, ज्यामिनडाडाँ र कोल्टाकुराका २३१ जना कृषकहरुलाई बीउ वितरण गरेको वडा अध्यक्ष समीर जंग मल्लले बताउनुभयो ।

यस्तै वडाले आज पनि वडाका बागबजार , पाखाडेरा, गैरीगाऊ, नयाँ बस्ती, सेरीगाऊ र कुनावाङ्ग लगायतका बस्तिहरुमा पुगेर तरकारीकोबीउ वितरण गर्नेछ ।

उन्नत जातको गुणस्तरीय बीउ लिएर वडाका प्रत्येक घरधुरीमा मूला, साग, सलगम, र धनियाँ लगायत तरकारीका बीउ निःशुल्क वितरण गरिने पनि वडा अध्यक्ष मल्लले बताउनुभयो ।


कृषकलाई कृषि पेशाबाटै आत्मनिर्भर बनाउने र प्रोत्साहन गर्ने उद्देश्यले वडाले निःशुल्क रुपमा तरकारीको बीउ विवरण गरेको हो । थियो भने बाँझो जमिनमा खेती गर्नेलाई अनुदान वितरण गरेको थियो ।

प्रकाशित मिति: आइतबार, भदौ २६, २०७९  १२:०९
प्रतिक्रिया दिनुहोस्