खुला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता उद्घाटन

रुकुम पश्चिम / रुकुम पश्चिमको सदरमुकाम खलंगामा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गरिएको छ । भलिबल प्रशिक्षण केन्द्र रुकुम पश्चिमले आयोजना गरेको उक्त भलिबल प्रतियोगिताको आइतबार बराहटाकुरामा उद्घाटन गरिएको हो ।

मुसिकोट नगरपालिकाका नगर प्रमुख महेन्द्र केसीको प्रमुख आतिथ्यता र प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेको विशेष आतिथ्यतामा उक्त भलिबल प्रतियोगिताको उद्घाटन गरिएको भलिबल प्रशिक्षण केन्द्र रुकुम पश्चिमअध्यक्ष तेज बुढाले जानकारी दिनुभयो ।

भलिबल प्रशिक्षण केन्द्रका अनुसार प्रतियोगिताको विजेता टिमले १ लाख पुरस्कार पाउने छ भने उप विजेता टिमले नगद ५० हजार पुरस्कार पाउने छ । यस्तै तृतिय हुनेले नगद ३० हजार पुरस्कार पाउने छ ।

५ दिन सम्म चल्ने भलिबल प्रतियोगितामा ३ जिल्लाको सहभागिता रहेको आयोजकले बताएको छ । प्रशिक्षण केन्द्रका अध्यक्ष तेज बुढाका अनुसार वडा स्तरीय खुला पुरुष भलिबल प्रतियोगितामा २९ वडाको सहभागिता रहेको छ ।

 

प्रकाशित मिति: आइतबार, भदौ २६, २०७९  १३:०९
प्रतिक्रिया दिनुहोस्