Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

अनेरास्विवयु रुकुम पूर्वको अध्यक्षमा केसी

२०७९ भदाै २७
tribeni2

रुकुम पूर्व / अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन रुकुम पूर्वको अध्यक्षमा रामचन्द्र केसी चयन हुनुभएको छ । रुकुमकोटमा भएको अनेरास्ववियुको पहिलो जिल्ला भेलाले केसीलाई अध्यक्षमा चयन गरेको हो ।

संगठनको जिल्ला उपाध्यक्षमा सरदमंगल ओली चयन हुनुभएको छ । त्यस्तै सचिवमा तेजेन्द्र खड्का, सह–सचिवमा भिमकाजि पुन, शिरमाया पुन र कोषाध्यक्षमा सकृति पुनमगर चयन हुनुभएको छ । भेलाले २७ सदस्यीय जिल्ला कमिटि चयन गरेको हो ।

संगठनकी केन्द्रिय अध्यक्ष सुनिता बरालको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो । त्यस्तै भेलामा संगठनका प्रदेश संयोजक सरोज पोखरेल, नेकपा एमालेका प्रदेश सदस्य वलबहादुर बलबहादुर केसी लगायतको आतिथ्यता रहेको थियो ।

प्रकाशित मिति: सोमबार, भदौ २७, २०७९  २२:०९
प्रतिक्रिया दिनुहोस्