Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बच्चा चोरी गर्ने गिरोह प्रवेश गरेको सूचना गलत हो : साइबर ब्युरो

tribeni2

काठमाण्डाै / नेपाल प्रहरीले सामाजिक सञ्जालमा चर्चा भएको जस्तो बच्चा चोरी गर्ने गिरोह प्रवेश गरेको सूचना नरहेको भन्दै अफवाह नफैलाउन आग्रह गरेको छ ।

केही दिनदेखि सामाजिक सञ्जाल फेसबुक तथा टिकटकमा बच्चा चोरी गर्ने गिरोह सक्रिय रहेको चर्चा चलेपछि प्रहरीको साइबर ब्युरोले सूचना निकालेर अफवाह नफैलाउन आग्रह गरेको हो ।

ब्युरोले सूचनामा सामाजिक सञ्जालमा अफवाह फैलाउनेलाई कारबाही गर्ने चेतावनी समेत दिएको छ । प्रहरीले सामाजिक सञ्जालमा आएका सूचना भ्रामक भएको भन्दै विश्वास नगर्न र त्यस्ता कुनै अपराधसँग सम्बन्धित सूचना भए प्रहरी कार्यालयमा खबर गर्न अनुरोध पनि गरेको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २८, २०७९  ११:०९
प्रतिक्रिया दिनुहोस्