Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चट्याङ लाग्दा ५ जना घाइते

tribeni2

दैलेख / चट्याङ लागेर दैलेखमा पाँच जना घाइते भएका प्रहरीले जनाएको छ ।

दैलेखको दुल्लु नगरपालिका–४ पानदेउमा सरुपा विश्वकर्माको घर नजिकैको खेतमा चट्याङ पर्दा खेतमा गरिरहेका उनीसहित ५ जना घाइते भएका कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको हो ।

प्रहरीका अनुसार ४० वर्ष हाराहारीका सरुपा, तारा, सिद्ध, लक्ष्मी र ईश्वरा विश्वकर्मा छन् । घाइते सबैको दुल्लुमै उपचार भइरहेको पनि प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, भदौ २८, २०७९  १२:०९
प्रतिक्रिया दिनुहोस्