Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

एमालेद्वारा जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न

tribeni2

रुकुम पश्चिम / नेकपा एमाले रुकुम पश्चिमले जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

सोमबार र मंगलबार बिहानसम्म मुसिकोट ५ बागबजारस्थित पार्टी कार्यालयमा उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो । प्रशिक्षणमा सोमबार पार्टीका केन्द्रिय सदस्य तिर्था गौतमको प्रमुख आतिथ्यता रहेको थियो भने मंगलबार गोविन्द केसीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमको पहिलो दिन सोमबार रचना मल्लले निर्वाचन प्रक्रिया पद्धति प्रणाली विषयमा, शसिराम नेपालीले पार्टी संगठन विषयमा, नन्दराम देवकोटाले जनताको बहुदलिय जनवाद विषयमा र टंक ओलीले राजनैतिक परिवर्तन र समसामयिक राजनीतिकको विषयमा प्रशिक्षण गर्नुभएको थियो ।

त्यसैगरि दोसा्रे दिन नारायण कुमार शाहले पार्टी निर्माणमा प्रकाशन तथा प्रशारण विषयमा, कर्णबहादुर घर्तिले माक्र्सवादी दर्शनको विषयमा र तिर्था गौतमले सरकार संचालनको विषयमा प्रशिक्षण गरेको प्रचार विभाग प्रमुख कर्णबहादुर ओलीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: मंगलबार, भदौ २८, २०७९  १२:०९
प्रतिक्रिया दिनुहोस्