Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
बजेट अधिवेशन

बैशाख १६ गते बजेट अधिवेसन

काठमाडौं ८ बैशाख ।
tribeni2

संघीय संसदको बजेट अधिवेशन यही वैशाख १६ गतेका लागि बोलाइएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख १६ गते बजेट अधिवेशन अर्थात संसदको वर्षे अधिवेशन आह्वान गरेकी हुन् ।

राष्ट्रपति भण्डारीद्धारा वैशाख १६ गते दिउँसो ४ बजेका लागि बजेट अधिवेशन आह्वान भएको संसद सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले जानकारी दिए ।

संघीय संसदको दुवै अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यलयको पत्र आज संघीय संसद सचिवालयलाई प्राप्त भएको थियो ।

वर्षे अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिनुका साथै त्यसमाथि छलफल गरेर पारित गरिन्छ ।

संवैधाननिक व्यवस्थाअनुसार जेठ १५ गते संसदमा बजेट पेश गर्नुपर्छ । त्यसअघि सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्ने प्रचलन छ ।

यसवर्ष वैशाख २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अर्यालले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, वैशाख ८, २०७६  २१:०४
प्रतिक्रिया दिनुहोस्