Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जनतासंग जनप्रतिनिधि कार्यक्रम सम्पन्न

tribeni2

रुकुम पश्चिम / चौरजहारी नगरपालिका वडा नम्बर ५ ले जनतासँग जनप्रतिनिधि कार्यक्रम सम्पन्न गरेको छ । आज वडाको खहरे टोलमा विभिन्न कार्यक्रमसँगै जनतासँग जनप्रतिनिधि कार्यक्रम सम्पन्न गरेको हो ।

मंगलबार खहरे टोलका १२६जना नागरिकको स्वास्थ्य परिक्षण र ८४जना नागरिकको रक्त समुह जाच गरिएसँगै वडाले यो महिला उक्त कार्यक्रम समापन गरेको वडा अध्यक्ष खुमबहादुर खड्काले जानकारी दिनुभयो ।

शुक्रबारदेखि सुरुवात भएको कार्यक्रममा आजसम्म वडाका जम्मा ४०१ जना नागरिको स्वास्थय परिक्षण र २३० जना नागरिकहरुको रक्त समुह परिक्षण गरिएको पनि वडा अध्यक्ष खड्काले बताउनुभयो ।

उहाँका अनुसार उक्त कार्यक्रममा अर्काे महिना फेरी निरन्तरता दिइने छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २८, २०७९  १७:०९
प्रतिक्रिया दिनुहोस्