Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्व : विद्यालय सम्पर्क कार्यक्रम सञ्चालन

२०७९ भदाै २८
tribeni2

रुकुम पूर्वमा लागु औषध, चाडपर्वको समयमा शान्ती सुरक्षा र उपभोक्ताको हक सम्बन्धि सचेतनामूलक कार्यक्रमको उद्घाटन गरिएको छ । जिल्ला प्रशासन कार्यालय रुकुम पूर्व तथा जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वको आयोजनामा विद्यालय सम्पर्क कार्यक्रम अन्तर्गत उक्त कार्यक्रमको आज जनता मावि पोखरामा एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो ।

जिल्लामा लागु औषधको रोकथाम तथा नियन्त्रण, चाडपर्वको समयमा हुन सक्ने चोरी डकैती, हत्या हिंसा, कालो बजारीका साथै अखाद्य पदार्थ तथा गैर कानुनी चिजबस्तुको बेचबिखन लागाएतका अवाञ्छित क्रियाकलापहरुलाई रोकथाम गर्ने उद्धेश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको रुकुम पूर्वका प्रहरी नायब उपरिक्षक प्रकाश डाँगीले बताउनुभयोे । उहाँका अनुसार जिल्लाका माध्यामिक तह संचालन गरिएका ९ वटा बिद्यालयमा उक्त कार्यक्रम गरिने छ ।

सिस्ने गाउँपालिकाका जनता माध्यामिक बिद्यालय पोखरा, सानीभेरी माध्यामिक बिद्यालय लम्पाकोट र कोट माध्यामिक बिद्यालय रुमालबारामा उक्त कार्यक्रम गरिने बताईएको छ ।
यस्तै भूमे गाउँपालिकाका शहिद शुक्र माध्यामिक बिद्यालय सिमा, त्रिबेणी माध्यामिक बिद्यालय काक्रि र जनजागृति माध्यामिक बिद्यालय महत रहेका छन् भने पुथा उत्तरगंगा गाउँपलिकाका पर्बत माबि कोल, सिद्धमण्डली माबि राङ्सी र देउराली माबि हुकाम रहेका छन् ।

बिद्यालयस्तरमा अध्ययनरत बालबालीकाहरु नै पछिल्लो समयमा यस्ता अबाञ्छित क्रियाकलापमा संलग्न हुने गरेको हुदा उनीहरुको चेतना अभिबृद्धि गर्ने उद्धेश्यले बिभिन्न बिद्यालयको छनोट गरी उक्त कार्यक्रम संचालन गर्न लागिएको जिल्ला प्रहरी कार्यालय प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले बताउनु भयो । साथै उहाँले यस किसिमका कार्यक्रमहरुलाई प्रभावकारी ढंगबाट अगाडी लैजानका लागि बिद्यालय, शिक्षक, बिद्यार्थी, अभिभावकहरुलाई आ—आफ्नो ठाउँबाट लागि पर्न पनि अनुरोध गर्नु भएको छ ।

प्रमुख जिल्ला अधिकारी सुनुवारको अध्यक्षतामा गरिएको उद्धघाटन कार्यक्रममा जिलला समन्वय समितिका प्रमुख मेघ बहादुर श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो भने सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीको विशेष आतिथ्यता रहेको थियो।

यस्तै गाउँपालिका उपाध्यक्ष गोपाल रेउले, नर्सिंग दल गण का प्रमुख सेनानी बाबुलाल जि.सी., डिएसपि डाँगी, अनुसन्धानकाका डिएसपि संजिब कुमार चौधरी, घरेलु तथा साना उद्योग कार्यालय रुकुम पूर्वका प्रमुख मधुकर डाँगी, शसस्त्र प्रहरी निरिक्षक सत्यकुमार बुढाथोकी, बिद्यालयका व्यवस्थापन समिति अध्यक्ष नन्दराम लामिछाने, प्रधानाध्यापक कलु खड्का लगाएतको आतिथ्यता रहेको थियो । डिएसपि डाँगीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन प्रहरी सहायक निरिक्षक दामोदर न्यौपानेले गर्नुभएको थियो ।

प्रकाशित मिति: मंगलबार, भदौ २८, २०७९  २१:०९
प्रतिक्रिया दिनुहोस्