Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

यमुनानन्द नमुना मा.वि.मा मनाइयो ५८ औँ राष्ट्रिय बाल दिवस

tribeni2

रुकुम पश्चिम / यमुनानन्द नमुना माद्यामिकविद्यालयको आयोजना र मुसिकोट नगरपालिका महिला तथा बालबालिका शाखा र हरप्लेस रुकुम पश्चिमको आर्थिक सहयोगमा ५८ औँ राष्ट्रिय बाल दिवस २०७९ भव्यताका साथ मनाइएको छ ।

बिहान ७ वजे प्रभातफेरीअन्तर्गत बाल य्राली शुभारम्भ भई ८ बजे मन्चको कार्यक्रममा रुपान्तरण भएको थियो ।

"बालमैत्री समाजको आधारः जिम्मेवार परिवार,उत्तरदायी सरकार" नाराका साथ सुरु भएको कार्यक्रमको अध्यक्ष विव्यस अध्यक्ष श्री मीनबहादुर के.सी.को अध्यक्षता र प्रअ दामोदर पौडेलको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालक सहायक प्रअ कमप्रसाद देवकोटाले गर्नु भएको थियो ।

विद्यालयमा रहेको पारिजात बाल पार्कमा प्रमुख अतिथि नगर प्रमुख महेन्द्र केसीको हातबाट पारिजातको विरुवा रोपेर उद्घाटन भएको उक्त कार्यक्रममा एभरेष्ट बैक लिमिटेड रुकुम पश्चिम शाखाका प्रबन्धक सरोज आत्रेय, वडानं. ५ अध्यक्ष समीरजंंग मल्ल, वडा नं. १ वडा अध्यक्ष ज्ञानुचन्द्र चन्द, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख ताराप्रकाश पुन, विव्यस पूर्व अध्यक्ष महेन्द्रराज गौतम, महिला बालबालिका शाखा प्रमुख कमला मल्ल, कानुन अधिकृत ललितबहादुर बुढालगायत अन्य अतिथिहरु, विव्यस पदाधिकारीहरु, शिक्षक कर्मचारीहरुको उपस्थिति थियो ।

यस्तै कार्यक्रममा विद्यालयलाई ४,८०,००० आर्थिक अनुदान सहयोग गर्ने संस्था एभरेष्ट बैंक लिमिटेड लाजिम्पाट काठमाडौँ र उक्त कार्यका पहलकर्ता विव्यस पूर्व अध्यक्ष श्री महेन्द्रराज गौतमलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

त्यसैगरि  विद्यालयको कक्षा ९/१२ का विद्यार्थीहरुका बिचमा बालअधिकार सुनिष्चिततामा स्थानीय सरकारको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको थियो उक्त प्रतियोगिताा कक्षा १२ मा अध्ययनरत अन्जना खत्रीले प्रथम, कक्षा १० मा अध्ययनरत होमबहादुर बोहराले द्वितीय, कक्षा १२ मा अध्ययनरत अर्पण केसीले तृतीय स्थान र कक्षा १२ मा आध्ययनरत सरिता बुढाले प्राप्त गरेका छन ।



प्रकाशित मिति: बुधबार, भदौ २९, २०७९  ११:०९
प्रतिक्रिया दिनुहोस्