Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बालदिवसको अवसरमा सिस्ने एकेडेमीद्वारा विभिन्न कार्यक्रम सम्पन्न

tribeni2

रुकुम पश्चिम  / सिस्ने एकेडेमीमा बोर्डिङ स्कुलले ५८ औँ राष्ट्रिय बाल दिवस २०७९ का अवसरमा विभिन्न रचनात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
स्कुलमा विभिन्न रचनात्मक कार्यक्रमहरु गरेर ५८ औँ राष्ट्रिय बाल दिवस मनाइएको हो ।

"बालमैत्री समाजको आधारः जिम्मेवार परिवार,उत्तरदायी सरकार" भन्ने मुल नाराका साथ स्कुलले विहान प्रभातफेरी कार्यक्रम गरेको थियो भने लगत्तै विभिन्न झाकी सहित सोलाबाङ बजार परिक्रमा गरेको थियो ।

यस्तै दिवसकै अवसरमा विद्यालयमा हाजिरी जवाफ , कुर्सी रेस, गणित दौड ,वक्तृत्वकला र लोक नृत्य प्रतियोगिता पनि संचालन गरिएको थियो ।

उक्त प्रतियोगितामा विजेता विद्यार्थीहरुलाई प्रमाणपत्र तथा पुरस्कार वितरण गरेर भब्य रुपले मनाइयो । सिस्ने एकेडेमीका प्रबन्ध निर्देशक तथा प्याब्सनका जिल्ला अध्यक्ष श्री बिमल कुमार शर्माको अध्यक्षता भएको उक्त कार्यक्रममा विभिन्न प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई प्रिन्सीपल शशिराम ओलीले पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रकाशित मिति: बुधबार, भदौ २९, २०७९  १७:०९
प्रतिक्रिया दिनुहोस्