Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बाँफिकोटमा शान्ति सम्वाद कार्यक्रम सम्पन्न

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा शान्ति सम्वाद कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका भित्रका द्वन्द्व प्रभावित महिला, स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरु बीच शान्ति सम्बाद कार्यक्रम सम्पन्न भएको हो ।

मंगलबार महिला पुर्नस्थापना केन्द्र (ओरेक) नेपालले रुकुम पश्चिमको आयोजनामा गाउँपालिकामा उक्त कार्यक्रम सम्पन्न गरिएको ओरेक रुकुम पश्चिमका संयोजक दिपा धितालले जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला संयोजक धितालले एक अवधारणा पत्र प्रस्तुत गर्नु भएको थियो । उहाँले तत्कालिन माओवादीले गरेको सशस्त्र यद्धका क्रममा प्रभावित महिलाको अवस्थाको विषयमा प्रस्तुति गर्नुभएको थियो । 

द्वन्द्व प्रभावित महिलाहरुको जिविकोपार्जनमा समस्या भएको, उनिहरुको बालबालिकाको लागी उच्च शिक्षा दिन नसकेको, मानसिक, प्रजनन स्वास्थ्यमा समस्या भएको र द्वन्द्वका क्रममा जन्मिएका बच्चाको नागरिकतामा समस्या रहेको ओरेकले बताएको छ । 

यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारीले आफ्नो भनाई राख्द द्वन्द्वको समयमा जन्मिएका बच्चाहरुको नागरिकताको समस्या सुल्झाउने बताउनुभएको छ । यस्तै गाउँपाकिला उपाध्यक्ष तारा बुढा केसिले द्वन्द्व प्रभावित महिलाहरुको लागी स्वास्थ्य शिविर राख्ने र निशुल्क स्वास्थ्य विमा बनाउन पहल गर्ने बताउनुभएको छ ।

६३ जनाको उपस्थितीमा भएको उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तारा बुढा केसी, १० वटै वडाका वडा अध्यक्षहरु, प्रमुख जिल्ला अधिकारी, परमानन्द घिमिरे, प्रहरी प्रमुख विष्णु प्रसाद सोती लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा करिव ३० जना द्वन्द्व प्रभावित महिलाहरु उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: बुधबार, भदौ २९, २०७९  १८:०९
प्रतिक्रिया दिनुहोस्