Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

शिक्षक र विद्यार्थीहरुलाई आयुर्वेद र योग शिक्षा

२०७९ भदाै २९
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वमा विद्यार्थीहरुलाई आयुर्वेद तथा योग शिक्षा प्रदान गरिएको छ । जिल्लाको सिस्ने गाउँपालिका ५ मा रहेको रुक्मिणी माध्यामिक बिद्यालयमा आायुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न गरिएको हो ।

आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम पूर्वको आयोजनामा बुधबार बिद्यालयका शिक्षक तथा बिद्यार्थीहरुको लागि उक्त कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा आयुर्वेदको परिचय तथा जीवनशैली, आहारशैली, स्थानीयस्तरमा पाईने जडिबुटी लगाएतका बारेमा आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम पूर्वका डाक्टर गणेश अधिकारीले जानकारी गराउनुभएको थियो ।

यस्तै आयुर्वेद स्वास्थ्य केन्द्रका कार्यालय प्रमुख योगीराज आचार्यले योग तथा आसनको अभ्यास गराउनु भएको थियो । बिभिन्न सिजनअनुसार मानिसले आफ्नो व्यवहार परिवर्तन गर्न नसक्दा बिभिन्न किसिमका समस्याबाट ग्रसित हुने गरेको डाक्टर अधिकारीले बताउनुभयो । स्थानीयस्तरमै पाईने जडिबुटीहरुको पहिचान गर्न नसक्दा र यस्ता जडिबुटीको महत्वकाबारे अन्जान हुदा पनि दैनिक बिभिन्न समस्याबाट मानिस ग्रसित हुने गरेको उहाँले बताउनुभयो ।

यस्तै कार्यालय प्रमुख आचार्यले अन्य शारीरिक व्यायाम भन्दा उचित तरिकाले योगा गर्दा मानव शरीरलाई फाईदा हुने बताउनुभयो । बिद्यालयका प्रधानाध्यापक चन्द्र बहादुर मल्लको अध्यक्षतामा कार्यक्रम संचालन गरिएको हो ।

प्रकाशित मिति: बुधबार, भदौ २९, २०७९  १९:०९
प्रतिक्रिया दिनुहोस्