Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको लागि सानीभेरीका १७ विद्यालय छनौट

tribeni2

रुकुम पश्चिम / आर्थिक वर्ष २०७९/०८० मा रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका १७ ओटा विद्यालयहरु राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनौट भएका छन् ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गतका बिभिन्न तीन ओटा शिर्षकमा गाउँपालिकाका १७ विद्यालय छनौट भएका हुन् । चार कोठे भवन निर्माणमा आठ ओटा विद्यालय, दुई कोठे भवन निर्माणको लागि दुई ओटा विद्यालय र आईसिटि ल्याब निर्माणको लागि विभिन्न सात ओटा विद्यालय छनौट भएका हुन् ।

गाउँपालिकाका अनुसार ४ कोठे भवन निर्माणमा छनौट भएका विद्यालयले ५० लाख बवेट पाउँदछन् । जसमा जनज्योती मावि मेल्चौर, जनप्रिय माव हासिबाङ, शिव मावि काफलबोट, शितल मावि पक्रैयाँ, बालज्योति मावि गिठाकोट, सूर्योदय मावि वेल्टापु, सानीभेरी मावि वलिवाङ र सरस्वती मावि चिन्तु छनौट भएका छन् ।

त्यसैगरी २ कोठे भवन निर्माणमा सरस्वती आवि तल्लो आम्डाँडा र पृथ्वी आवि देउताखोला छनौट भएका छन् । यी दुई विद्यालयले २५ लाखको दरले वजेट पाउछन् ।

आईसिटि ल्याव निर्माणका लागि सात ओटा बिद्यालय छनौट भएको बताईएको छ । यसमा प्रतिविद्यालय ६ लाख ५० हजारको व्यवस्था हुने गरेको छ । जसमा नेपाल राष्ट्रिय मावि घापागार, बालकल्यान आवि गोल्डाँडा, कालिका आ वि फुक्रु, जनप्रिय आवि भण्डारवन, राष्ट्रिय आवि चाख्लेमेला, जनचाहना आवि सहरे र जनकल्यान आवि पूर्तिमकाँडा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्