नवौं राष्ट्रिय खेलकुदका लागि कर्णालीबाट ४९७ जना खेलाडि छनौट, रुकुम पश्चिमका ३६ जना

सुर्खेत / गण्डकी प्रदेशको पोखरामा आगामी असोज २८ देखि कात्तिक २३ गते सम्म संचालन हुने नवौं राष्ट्रिय खेलकुदका लागि कर्णाली प्रदेशबाट ४९७ जना खेलाडि छनौट भएका छन् ।

कर्णाली प्रदेशका १० जिल्लाबाट ४९७ खेलाडि छनौट भएको कर्णाली प्रदेश खेलकुद विकास परिषदले जनाएको छ । परिषदका अनुसार सुर्खेतबाट १२५ महिला र १४५ जना पुरुष गरेर २७० जना खेलाडि छनौट भएका छन् भने दैलेखबाट १० महिला र १७ पुरुष गरेर २७ जना खेलाडि छनौट भएका छन् । जाजरकोटबाट ४ महिला र १० पुरुष गरेर १४ जना, सल्यानबाट १६ महिला र २६ पुरुष गरेर ४२ जना, डोल्पाबाट दुई महिला र ६ पुरुष गरेर ८ जना खेलाडि छनौट भएका छन् ।

त्यसैगरी कालिकोटका १२ महिला र २२ पुरुष गरेर ३४ जना , हुुम्लाका ९ महिला र २७ पुरुष गरेर ३६ जना, मुगुका ४ महिला र ७ पुरुष गरेर ११ जना र जुम्लाका ११ महिला र ८ पुरुष गरेर १९ जना खेलाडि छनौट भएका छन् ।

रुकुम पश्चिमबाट छनौट भएका ३६ जना मध्य नौ जना महिला र २७ जना पुरुष खेलाडी रहेका छन् । रुकुम पश्चिमबाट सबैभन्दा बढी आइ. टि.एफ.तेक्वान्दो र एथलेटिक्सबाट समान ७,७ जना खेलाडी छनोटमा परेका छन् । त्यस्तै भलिबलबाट ५ जना, तेक्वान्दोबाट ४ जना, प्यारागलाइडिङ्गबाट ३ जना खेलाडी छनोट भएका छन् । कराते, ब्याडमिन्टन, बक्सिङ, फुटबल, क्रीकेट, ह्यान्डबल, पौडी, सुटिङ्ग, फुलकन्ट्याक्ट कराते र जुडोबाट समान १,१ जना खेलाडी छनोटमा परेको बताइएको छ ।

छनोटमा परेका सबै खेलाडीले कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका विभिन्न खेल विधामा सहभागिता जनाउने छन् । सुर्खेत र कालिकोटमा भदौ १८ देखि २४ गते सम्म भएको छनोट प्रतियोगिताबाट खेलाडीहरु छनोटमा गरिएको हो ।

प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७९  १४:०९
प्रतिक्रिया दिनुहोस्