सोसल मिडिया
पुर्व एमाले र पुर्व एमाओवादी मिलेर बनेको नेपाल कम्युनीष्ट पार्टी नेकपाले स्थापना दिवसको अवसर पारेर जिल्ला तह टुंगाएपछि कार्यकर्ता खुसी र असन्तुष्टी एकैपटक देखिएको छ ।
पार्टी एकताका क्रममा कतिपय संघर्षशिल नेता कार्यकर्ताको अवमुल्यन भएको भन्दै उनीहरु असन्तुष्ट भएका हुन् । तर एकवर्षको अवधीमा खासै गती लिन नसकेको एकता प्रकृया टुंगिने चरणमा पुगेकोमा कार्यकर्तामा खुसी भने छाएको छ ।
" एकता हुनु नै उपलब्धीपुर्ण रुपमा लिएका छौँ । तर तल्लो तहमा जो दुख गरेका नेता कार्यकर्ताहरुलाई माथिल्लो नेतृत्वले भनाैँ न नेताले त्यती बुझ्न नसकेको हो कि भन्ने लाग्छ ।" अधिवक्ता समेत रहेका रामेश्वर भण्डारीले भने, "अब पनि अरु संगठनहरु मिलाउनै बाँकी छ केन्द्रिय सदस्य पोलीटब्युरो मिलाउँदा केही राहत हुन्छ कि ।"
पुर्व एमाले र पुर्व माओवादी कार्यकर्ताहरुले जिल्लामा नेतृत्व घोषणा गर्दा शिर्ष नेतातहबाट आकस्मिक निर्णय भएकोमा चित्त बुझाएका छैनन् ।
यस्तो छ नेकपाका जिल्ला अध्यक्ष र सचिवहरुको नामावली: