Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सहिद स्मृति स्वास्थ्य कार्यक्रम : गर्भवती महिलाको स्वास्थ्य परिक्षण, स्वास्थ्य बिमा सिफारिस

tribeni2
  • हिक्मत प्रोतेल 

रुकुम पूर्व / रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिकाले गर्भवती महिलाको स्वास्थ्य परिक्षण, स्वास्थ्य बिमा सिफारिस गरेको छ ।

सहिद स्मृति अध्यक्ष उपाध्यक्ष स्वास्थ्य कार्यक्रम अन्तर्गत वडा नम्बर १० र ११ का १७ जना गर्भवती महिलाको स्वास्थ्य परिक्षण तथा निःशुल्क स्वास्थ्य विमा सिफारिस गरेको हो। डा. मिलन मल्लको टिमले १७ जना गर्भवती महिलाको स्वास्थ्य परिक्षण तथा नि:शुल्क स्वास्थ्य विमा सिफारिस गरेको गाउँपालिका उपाध्यक्ष भुपेन्द्र बुढाले जानकारी दिनुभयो ।

गाउँपालिकाले सहिद स्मृति अध्यक्ष उपाध्यक्ष स्वास्थ्य कार्यक्रम मार्फत उक्त कार्यक्रम अगाडि सारेको स्वास्थ्य संयोजक समीर गिरीले बताउनुभयो । संयोजक गिरीका अनुसार सहिद स्मृति अध्यक्ष उपाध्यक्ष कार्यक्रम अन्तरगत घरमै स्वास्थ्यकर्मी सेवा पनि सञ्चालनमा लिइएको छ ।

घरमै स्वास्थ्यकर्मी कार्यक्रमको लागि प्रत्येक वडा स्वास्थ्यकर्मी परिचालन भई घरमै गएर स्वास्थ्य परिक्षण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्