Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुममा बिरामी कैदीलाई अस्पताल पुर्‍याउँन समस्या

बराहाटाकुरा–कारागार–पिपलनेटा सडकखण्ड अवरुद्ध
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको मुसीकोट नगरपालिका १ मा रहेको बराहाटाकुरा–कारागार–पिपलनेटा सडकखण्ड लामो समयसम्म अवरुद्ध हुँदा समस्या सृजना भएको छ । बर्षाले सडक बिग्रिएपछि सर्वसाधारणसँगै कारागार कार्यालयमा रहेका कैदीहरु बिरामी हुँदा अस्पताल पु¥याउन समेत मुश्किल हुने गरेको छ ।

कारागार कार्यालयका प्रमुख अकबिर घर्तीका अनुसार असार अन्तिम सातादेखि उक्त सडकखण्ड अवरुद्ध रहेको छ । उहाँले उक्त सडकमा गाडि चल्ने अवस्था नभएपछि कारागारमा रहेका कैदीहरुलाई अस्पताल र अदालत लैजान समस्या हुने गरेको बताउनुभयो । ‘कहिलेकाँहि कैदिबन्दीहरु बिरामी हुँदा गाडिमा लैजानलाई बाटो छैन’, प्रमुख घर्तीले भन्नुभयो, ‘स्टेचरमा बोकेर अस्पताल दौडाउनुपर्ने बाध्यता रहेको छ, रातीमा बिरामी हुँदा झन् चुनौति हुने गरेको छ ।’

यसका साथै अदालती कार्यका लागि कैदीहरुलाई अदालत लैजान पनि हिडाएरै लिनुपर्ने अवस्था छ । कारागार कार्यालयबाट रुकुम अदालत एक किलोमिटर र जिल्ला अस्पताल करिब तीन किलोमिटर टाढा रहेको छ । हिडाएरै लामो दुरीसम्म कैदीहरुलाई लैजानुपर्ने भएकोले सुरक्षा चुनौति रहेको बताईएको छ । कार्यालय जाने ठप्प हुँदा कारागार कार्यालयको गाडि जिल्ला प्रशासन कार्यालयमा राख्नु परेको कार्यालयले जनाएको छ ।

वर्षातमा आएको भलको कारण उक्त सडकखण्ड चिरा परेको छ । मुसीकोट नगरपालिका १ को बराहाटाकुरा देखि कारागारसम्मको बाटोमा नाला नहुँदा सडकबाटै पानीभल बग्ने गरेको छ । सडक बिग्रिएपछि सवारी साधनहरु चल्दैनन् भने सर्वसाधारणहरुलाई आउजाउमा समेत समस्या हुने गरेको छ ।

खलंगा बजारको नाला समेत सोही सडकखण्डमा मिसिएका कारण स्थानीयलाई पैदल हिड्न पनि समस्या भइरहेको स्थानीय रविलाल नेपालीले बताउनुभयो । उक्त सडक अवरुद्ध भएको लामो समय भैसक्दा पनि सम्बन्धित निकायले कुनै पनि चासो नदिएको नेपालीले गुनासो गर्नुभयो । जसको कारण मुख्य बजारबाट सामान ओसारपसार गर्नका साथै बिरामी हुँदा अस्पताल लिनको लागि असहज भएको उहाँको भनाई रहेको छ ।

उक्त सडक अवरुद्ध भएपछि खलंगा बजारबाट कारागार हुँदै पिपलनेटा जाने सवारीसाधनहरु मुसीकोट नगरपालिकाको ५ सेरिगाउँ पुगेर घुम्नुपर्ने बाध्यता रहेको छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९  ११:०९
प्रतिक्रिया दिनुहोस्