सोसल मिडिया
काठमाडौँ / नेपाल विद्युत् प्राधिकरणले ५२२ जना कर्मचारीको माग गरेको छ । शुक्रवार गोरखापत्रमा सूचना प्रकाशन गर्दै प्राधिकरणले तह १० देखि तह तीनसम्म गरी ५२२ जना कर्मचारीको गरेको हो ।
प्राधिकरणले २०७९ असोज २७ गतेसम्म फारम भर्ने समय तोकेर ७६ जना अधिकृत स्तर र बाँकी पाँच तह देखि तीन तहसम्म कर्मचारीको पदपूर्तिका लागि फारम खुल्ला गरेको छ ।