Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

नेपाली सेनाद्वारा २२९ जना सहायक सेनानीको माग

tribeni2

काठमाडौँ  / नेपाली सेनाले २२९ जना अधिकृत माग गरेको छ । शुक्रबार गोरखापत्रमा सूचना प्रकाशन गर्दै सेनाले रिक्त रहेको सहायक सेनानी पदको पूर्तिका लागि ठुलो सङ्ख्यामा अधिकृत भर्नाका लागि फारम खुल्ला गरेको हो ।

सेनाले प्रकाशन गरेको सूचना अनुसार असोज ३० गतेसम्म फारम भर्न पाइने छ । माग गरिएका मध्ये खुल्ला ११७, महिला २२, आदिवासी जनजाति ३०, मधेसी २८, दलित १४, पिछडिएको क्षेत्र ७ र नेपाली सेनाका परिवारका लागि ११ जना गरी २२९ जना अधिकृत माग गरेको छ ।

अधिकृतका लागि योग्यता प्रमाणपत्र तह उर्तिणका लागि १८ वर्ष पुरा भई २१ वर्ष ननाघेको र स्नातक तह उर्तिण गरेकाले १८ वर्ष पुरा भई २४ वर्ष ननाघेको र कार्यरत सैनिक जवानको हकमा २६ वर्ष ननाघेको हुनु पर्ने छ ।

पुरुषका लागि ५ फिट ३ इन्च उचाइ र छाती नफुलाउँदा ३२ र फुलाउँदा ३४ इन्च हुनु पर्ने छ भने वजन ५० किलोग्राम हुनु पर्ने छ । यता महिलाको हकमा ५ फिट उचाइ र ४० किलोग्राम वजन हुनु पर्ने छ ।

सेनाले स्वयम्भू, इटहरी,बर्दिबास, हेटौडा, पोखरा, रुपन्देही, सुर्खेत र कैलालीमा फारम उपलब्ध गराउने जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९  ११:०९
प्रतिक्रिया दिनुहोस्