Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिकोटको फोहोर उठाउन बर्गिकरण र समय तालिका निर्धारण

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले बजार क्षेत्रबाट निस्कने फोहोर व्यवस्थापनको लागि समय तालिका निर्धारण गरेको छ ।

नगरपालिकाको बजार क्षेत्रको फोहोरलाई व्यवस्थापन गर्न फोहोरको बर्गिकरण गरेर समय तालिका निर्धारण गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत बिनाराम खड्काका अनुसार खलंगा, पालुखोला, सल्ले, बागबजार, सेरीगाउँ लगायतका बजार क्षेत्रबाट उत्सर्जित फोहोर व्यवस्थापनका लागि फोहोरको बर्गिकरण गरेर फोहोर उठाउने बार तोकिएको छ । उहाँका अनुसार आईतबार रेडबुल क्यान, प्लाष्टिक बोलत, सिसाजन्य बस्तु र गत्थाहरु वडा नम्बर १ को समन्वयमा कवाड ब्यवसायीहरुले उठाएर लैजाने व्यवस्था मिलाईएको छ ।

सोमबार, मंगलबार, बिहिबार र शुक्रबार बजार क्षेत्रबाट निस्केको कुहिने फोहोर उठाईने नगरपालिकाले जनाएको छ । त्यसैगरी बुधबार अन्य प्लाष्टिकजन्य फोहोरहरु उठाईने तालिका निर्धारण गरिएको छ भने शनिबार मेडिकल क्षेत्रबाट उत्सर्जित फोहोर नगरपालिकाले उठाउने छ।

नगरपालिकाले फोहोर उठाउने कार्यमा सहयोग र समन्वय गरिदिन सम्बन्धित सबैमा अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९  १८:०९
प्रतिक्रिया दिनुहोस्