Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

घुम्ति शिविरमार्फत सेवा दिदैं रुकुमको त्रिवेणी गाउँपालिका

२०७९ भदाै ३१
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले एकिकृत घुम्ति शिविर मार्फत सेवा प्रवाह गर्न थालेको छ । नागरिकहरुलाई घरदैलौमै सेवा प्रवाह गर्ने उद्धेश्यका साथ गाउँपालिकाले असोज ५ गते देखि बिभिन्न वडाहरुमा घुम्ति शिविर सञ्चालन गर्न लागेको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्तीका अनुसार व्यवसाय दर्ता, व्यवसाय नविकरण, व्यवसाय इजाजतपत्र, योजना सम्झौता, अपांगता परिचयपत्र वितरण लगायतका सेवाहरु घुम्ति शिविरमार्फत प्रवाह गरिनेछ ।

त्यसैगरी बिभिन्न सिफारिस तथा विषयगत शाखाहरुबाट प्रदान गरिने सेवाहरु सामान्य स्वास्थ्य परिक्षण, कृषि तथा पशु सेवा लगायतका सेवाहरु पनि घुम्ति शिविर मार्फत प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत घर्तिले जानकारी दिनुभयो ।

घुम्ति शिविर ५ गते वडा नम्बर १० को कार्यालयमा, ६ गते वडा नम्वर ९ को कार्यालयमा, ७ गते वडा नम्वर ८ को कार्यालयमा, ८ गते वडा नम्वर ७ को कार्यालयमा र ९ गते वडा नम्वर ६ को कार्यालयमा हुने गाउँपालिकाले जनाएको छ । त्यसैगरी १० गते वडा नम्वर ३ को कार्यालयमा, ११ गते वडा नम्बर ४ को कार्यालयमा र १२ गते वडा नम्वर ५ को कार्यालयबाट सेवा प्रवाह गरिने छ ।

भदौ १३ गते वडा नम्वर १ र १४ गते वडा नम्वर २ को वडा कार्यालयबाट घुम्ति सेवा प्रवाह गरिने छ । शिविर तोकिएको तालिका अनुसार हरेक दिन बिहानको १० बजेबाट सुरु हुने बताईएको छ ।
सम्बन्धित वडाका सर्वसाधारणहरुलाई घम्ति शिविर मार्फत सेवा लिन गाउापालिकाले अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९  १९:०९
प्रतिक्रिया दिनुहोस्