बाँफिकोट ३ लाई हराउँदै सानीभेरी ७ वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधि चुम्न सफल

रुकुम पश्चिम / रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ७ ले वडा स्तरिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

जिल्लाको मुसिकोट स्थित बराहटाकुरामा संचालित वडा स्तरीय खुला पुरुष भलिबल प्रतियोगितामा सानीभेरी ७ नम्वरको टिमले उपाधि हात पार्न सफल भएको हो । आज शुक्रबार भएको फाइनल खेलमा बाँफिकोट गाउँपालिका ३, लाई २-० को सोझो सेटले पराजित गर्दै सानीभेरी गाउँपालिका ७ ले उपाधि जितेको आयोजिक भलिबल प्रशिक्षण केन्द्र रुकुम पश्चिमले जनाएको छ ।

केन्द्रका अध्यक्ष तेज बुढाका अनुसार उपाधि बिजेता सानीभेरीले पहिलो सेट २१ का विरुद्ध २५ र दोश्रो सेट २० का विरुद्ध २५ ले हराउँदै उपाधि जितेको हो । विजेता सानीभेरी गाउँपालिका ७ ले १ लाख नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यसैगरी उपविजेता बाँफिकोट गाउँपालिका ३ ले ५० हजार नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने प्रतियोगितामा तेस्रो हुने त्रिवेणी गाउँपालिका ४ ले ३० हजार नगद पुरस्कार, मेडल र प्रमाणपत्र हात पारेको छ ।

खेल भदौ २६ गते बाट सुरु भएको प्रतियोगितामा प्रतियोगितामा रुकुम पश्चिम, रुकुम पूर्व र रोल्पाका गरी २९ वटा वडाले प्रतिस्पर्धा गरेका थिए ।

विजेता सानीभेरी गाउँपालिका ७ काे टिम

 

प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९  १९:०९
प्रतिक्रिया दिनुहोस्