Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

डिन रुकुम पश्चिमको अध्यक्षमा बिनोद र उपाध्यक्षमा प्रवेश चयन

tribeni2

रुकुम पश्चिम / डिप्लोमा ईन्जिनियर्स एशोसिएशन (डिन) नेपाल रुकुम पश्चिमको प्रथम जिल्ला अधिबेशन शुक्रबार मुसिकोटमा सम्पन्न भएको छ ।

अधिवेशनबाट बिनोदराज ओलीको अध्यक्षतामा जिल्ला समिति चयन गरिएको छ । नवगठित जिल्ला कार्यसमितिको उपाध्यक्षमा प्रकाश बटाला (प्रबेश), सचिबमा नबराज बिष्ट, सह सचिबमा महेन्द्र ओली र कोषाध्यक्ष जनक पुन चयन हुनुभएको छ ।

त्यसैगरी सदस्यहरुमा प्रज्वल कठायत, मोहन खड्का, कृष्ण बहादुर गिरी, नवीन आचार्य, दिपक शाह, राजन बटाला र भिम बहादुर ओली चयन हुनुभएको नवनिर्वाचित जिल्ला अध्यक्ष ओलीले जानकारी दिनुभयो ।

डिन नेपालका केन्द्रिय सदस्य ई. रामाशिस शाह र आरसिआईपि आयोजना रुकुम पश्चिमका प्रमुख टंक प्रसाद खनालको बिशेष उपस्थितिमा अधिबेशन सम्पन्न भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९  २०:०९
प्रतिक्रिया दिनुहोस्