Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
प्रदेश २

प्रदेश २ को नाम र राजधानीबारेको सुझाव प्रतिवेदन मुख्यमन्त्रीलाई

धनुषा २० बैशाख
tribeni2

प्रदेश नम्बर २ को नाम, राजधानी र भाषाका विषयमा टुङ्गो लगाउन गठित संवाद तथा सुझाव आयोगले ६ महिनापछि प्रदेश सरकारलाई प्रतिवेदन बुझाएको छ ।

आयोगका संयोजक हरिवंश झाले मुख्यमन्त्री लालबाबु राउतलाई बिहिबार प्रतिवेदन बुझाएका हुन् ।

आयोगले ८ वटै जिल्लामा पुगेर राजनीतिक दल, नागरिक समाज, संघसंस्था गरी ८ सय भन्दा बढी प्रतीनिधीसंग छलफल तथा संवाद गरी ६३ पेजको प्रतिवेदन तयार गरेको हो ।

प्रतिवेदनमा प्रदेशको नाम बारे मधेश, मिथिला, मिथिला–भोजपुरा, मध्यमधेश, जानकी प्रदेश मध्येबाट एउटा राख्न सुझाव आएको नीति आयोगको उपाध्यक्ष समेत रहेका संयोजक झाले जानकारी दिएका छन् ।

मुख्यमन्त्रीलाई हस्तान्तरण भएको प्रतीवेदन सार्वजनीक भने गरिएको छैन् । राजधानीको लागी जनकपुर, विरगन्ज, बर्दिवास, लाहान, राजविराज, गौर, लालबन्दी लगायतका नामको सुझाव आएको आयोगले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २०, २०७६  ०७:०५
प्रतिक्रिया दिनुहोस्