Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आत्महत्या रोकथामका लागि रुकुम पश्चिममा प्रभातफेरि र अन्तरक्रिया

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिममा आत्महत्या रोकथामको लागि सचेनामुलक प्रभातफेरि र अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको आयोजनामा आईतबार उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

विहान सात बजे मुसीकोट नगरपालिका १ को बहाराटाकुराबाट चेतनामुलक ब्यानर, प्लेकार्ड सहित नारा लगाउँदै बजार परिक्रमा गरेर मुसिकोट ५ सेरीगाउँसम्म प्रभात फेरि गरिएको थियो ।

प्रभातफेरि पश्चात सहिद स्मृति भवनको हलमा एक औपचारिक कार्यक्रमका बिच जिल्लामा आत्महत्याको अवस्था, समस्या, रोकथामका लागि गरिनुपर्ने पहल लयागतका बिषयमा छलफल गरिएको थियो ।


कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक बिष्णुप्रसाद सोतीले जिल्लामा आत्महत्याको अवस्था, कारण, समाधानका उपाय लगायतका बिषयमा प्रस्तुति राख्नुभएको थियो भने जिल्ला अस्पताल सल्लेका डा. भिमकान्त जैसीले पनि आत्महत्याको कारण, समाधानका उपाय, विश्व तथा देशको आँकडा बिषयमा प्रस्तुतिकरण राख्नुभएको थियो ।

जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार अन्य घटनाको तुलनामा जिल्लामा आत्महत्याबाट धेरै मान्छेहरुले ज्यान गुमाइरहेका छन् । गत तीन वर्षमा रुकुम पश्चिममा १३२ वटा आत्महत्या तथा आत्महत्याको प्रयासका घटना भएको प्रहरीको तथ्यांकमा रहेको छ ।

विश्व आत्महत्या रोकथाम दिवस सेप्टेम्बर २५ को अवसरमा गत भदौ २५ गते कार्यक्रम संचालन हुने भनिएको आत्महत्या रोकथाम सचेतना कार्यक्रम संयुक्त अधिराज्यकी महारानी एलिजाबेथ द्धितियको निधन भई नेपाल सरकारले ३ दिने राष्ट्रिय शोकको घोषणा पश्चात कार्यक्रम स्थगित हुन गएकोले उक्त कार्यक्रम असोज २ गते गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सोतीले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेको अध्यक्षतामा भएको औपचारिक कार्यक्रममा कर्णाली प्रदेश सभाका सदस्य गोपाल शर्माको प्रमुख आथित्यता रहेको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख लुम्बिनी गौतम, जिल्लाका स्थानीय तहका प्रमुख, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, बिद्यालयका शिक्षक तथा बिद्यार्थीहरु लगायत सुरक्षा निकायको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: आइतबार, असोज २, २०७९  १२:०९
प्रतिक्रिया दिनुहोस्