नेभिगेशन
समाज

रुकुम पूर्व : नारा, र्‍याली, बाजागाजा सहित आत्महत्या रोकथाम तथा न्यूनिकरण सम्बन्धी कार्यक्रम

रुकुम पूर्व / रुकुम पूर्वमा सचेतनामुलक नारा, बाजागाजा सहित र्‍याली निकालेर आत्महत्या रोकथाम तथा न्यूनिकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वको आयोजनामा आत्महत्या सम्बन्धी सचेतना कार्यक्रम, २०७९ अवधारणा अनुरुप आईतबार सचेतनामुलक नारा, बाजागाजा सहित र्‍याली निकालेर र एक औपचारिक कार्यक्रम आयोजना गरेर कार्यक्रम सम्पन्न गरिएको हो ।

समुदाय प्रहरी साझेदारी अन्तर्गत “आत्महत्या रोकथाम तथा न्यूनिकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरिक्षक (डिएसपी) प्रकाश डाँगीले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न सचेतनामूलक नारा र बाजागाजा सहितको‍ र्‍याली सिस्ने गाउँपालिका ६ स्थित पिपल चौताराबाट शुरु भई, छिप्रिदह बजार परिक्रमा गरी जिल्ला प्रहरी कार्यालयको प्राङ्गणमा औपचारिक विचार आदान प्रदान कार्यक्रम गरिएको छ ।

प्रहरी नायब उपरिक्षक (डिएसपी) प्रकाश डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा जिल्लास्थित स्थानीय निकायका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनधिहरु, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, सम्बन्धित सरोकारवाला निकायहरु, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु, बिभिन्न संचारकर्मीहरु, बुद्धिजिवि, भद्रभलादमी, नागरिक समाजका अगुवाहरु, आमा समुह, महिला संजाल, विभिन्न विद्यालयहरुका शिक्षक, विद्यार्थीहरु र स्थानीय आम सर्वसाधारण नागरिकहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा हाल बढ्दो आत्महत्यालाई रोकथाम तथा न्यूनिकरण गर्ने सम्बन्धमा कार्यक्रमका प्रमुख अतिथि, चिकित्सक, मनोपरामर्शकर्ता लगायत सरोकारवालाहरुको मन्तव्य राख्नुभएको थियो ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज