रुकुम कारागारमा रहेका एक जना कैदीबन्दीको कैद मिनाहा

रुकुम पश्चिम / रुकुम पश्चिमको कारागारमा रहेका एक जना कैदीबन्दीको कैद मिनाहा गरिएको छ । आठौँ संविधान दिवसको अवसरमा जिल्ला कारागार रुकुम पश्चिममा कैद भुक्तान गरिरहेका एक जना कैदीबन्दीको कैद मिनाहा गरिएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा देशभरका ७०२ कैदीहरूलाई कैद छुट गर्नुभएकोमा जिल्लाका कारागार रुकुम पश्चिमको कारागारमा रहनुभएका एक जना पर्नुभएको कारागार कार्यालय रुकुम पश्चिमका प्रमुख अकबिर घर्तीले जानकारी दिनुभयो । नकवजनी चोरी मुद्धाका एकजनाकाे कैद सजाय मिनाहा भएको घर्तीले बताउनुभयो ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, फौजदारी कसूर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ तथा सर्वोच्च अदालतको आदेशहरू समेतका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका व्यक्तिहरूको कैद सजाय मिनाहा गर्नुभएको छ ।

प्रकाशित मिति: सोमबार, असोज ३, २०७९  ११:०९
प्रतिक्रिया दिनुहोस्