Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

गोतामकोटको मकैबारीमा बच्चाको शव क्षतविक्षत अवस्थामा भेटियो

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिममा एक बच्चाको शव क्षतविक्षत अवस्थामा फेला परेको छ । जिल्लाको आठबीसकोट नगरपालिका ४ गोतामकोटको बिष्ट गाउँनजिकै बच्चाको शव भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक राजिव श्रेष्ठका अनुसार आठबीसकोट नगरपालिका ४ गोतामकोटका १० वर्षिय विजय विष्टको शव घर नजिकैको मकैबारीमा फेला परेको हो । आईबार बेलुका विजयको आमा मकैबारीमा गएको बेला शव देखेपछि प्रहरीलाई खबर आएको थियो ।

प्रहरी निरीक्षक श्रेष्ठका अनुसार बालकको शव बाँया खुट्टा छुट्टिएको र पेटभित्रको आन्द्राभूडि लगायतका अंगहरु नभएको अवस्थामा भेटिएका छन् । इलाका प्रहरी कार्यालय आठबिसकोटबाट घटनास्थल गएको प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । आजै बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याईने प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार बालक भदौ ३१ गतेदेखि हराएका थिए । आफन्तको घरमा गएको आशंका गरिएतापनि आईतबार आफ्नै मकैबारीमा उनको शव भेटिएको हो । घटना रहस्यमय रहेको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति: सोमबार, असोज ३, २०७९  १२:०९
प्रतिक्रिया दिनुहोस्