Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

संविधान दिवसको अवसरमा क्याम्पसमा सरसफाई

tribeni2

रुकुम पश्चिम / संविधान दिवसको अवसर पारेर अखिल क्रान्तिकारी मुसिकोट नगर समितीले क्याम्पस परिसर सरसफाइ गरेको छ ।

सोमबार आठौँ संविधान दिवसको अवसरमा अखिल क्रान्तिकारीले मुसिकोट बहुमुखि क्याम्पस परिसरमा सरसफाई गरेको हो ।

नेकपा माओवादी केन्द्र मुसिकोट नगर सचिव सुशिल गौतम सहितको उपस्थितीमा क्याम्पसमा सरसफाई गरिएको अखिल क्रान्तिकारी मुसिकोट नगर समितीका इन्चार्ज विशाल विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार सरसफाई कार्यक्रममा संगठनका पदाधिकारी, विद्यार्थीहरु लगायतको सहभागिता रहेको थियो ।

 

 

 

प्रकाशित मिति: सोमबार, असोज ३, २०७९  १३:०९
प्रतिक्रिया दिनुहोस्