Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुस्ताङमा “मुस्ताङ वाङ्मय सङ्गोष्ठी’’ सम्पन्न

tribeni2

मुस्ताङ / मुस्ताङमा “मुस्ताङ वाङ्मय सङ्गोष्ठी"सम्पन्न  भएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा जरा फाउन्डेसन नेपालको सहकार्य र भूपी स्मृति थाक पुस्तकालयको स्थानीय सहयोगमा मुस्ताङको कोबाङमा ’मुस्ताङ वाङ्मय सङ्गोष्ठी–२०७९’ भव्यतापूर्वक सम्पन्न भएको हो ।

पुस्तकालयका अध्यक्ष वसन्त शेरचनको अध्यक्षता र नेपाल प्रज्ञा–प्रतिष्ठानका माननीय कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव तथा दर्शनशास्त्र विभाग प्रमुख प्रा.जगत् उपाध्याय ’प्रेक्षित’, प्राज्ञ परिषद् सदस्य तथा साहित्य (पद्य/काव्य) विभाग प्रमुख प्रा.डा.हेमनाथ पौडेल, साहित्य (लोकवार्ता र बालसाहित्य) विभाग प्रमुख डा.देवी नेपाल, जरा फाउन्डेसन नेपालका अध्यक्ष कृष्ण प्रसाईँको विशेष उपस्थिति रहेको थियो ।

जरा फाउन्डेसन नेपालका अध्यक्ष कृष्ण प्रसाईँको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा वरिष्ठ दर्शनशास्त्री रामराज रेग्मीले ’तीन दर्शनको सङ्गमस्थलः मुक्तिनाथ’ शीर्षकको गोष्ठीपत्र प्रस्तुत गर्नुभएको थियो । त्यस्तै गरी प्रा.डा. षडानन्द पौडेलले ’थाकखोला क्षेत्रमा प्रचलित यानीमाया गीत’ शीर्षकमा गोष्ठीपत्र प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत गरिएका कार्यपत्रमाथि कवि /गीतकार देवेन्द्र केसी र कवि लिली अधिकारीले टिप्पणी गर्नुभएको थियो ।

कार्यक्रममा कवि सरस्वती श्रेष्ठ ’सरु’, गजलकार सावित्री गिरी, गजलकार प्राञ्जल, कवि सुशीलबाबु थकाली, सिर्जना शर्मा लगायतका स्रष्टाहरुले रचना वाचन गर्नुभएको थियो ।

स्थानीय कलाकारहरूले नृत्य र गीत प्रस्तुत गरेका थिए ! कार्यक्रमको सहजीकरण कमल गौचन र सिर्जना शर्माबाट भएको थियो ।

प्रकाशित मिति: मंगलबार, असोज ४, २०७९  १०:०९
प्रतिक्रिया दिनुहोस्