Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

खलंगामा कानुनी सहायता सेवा सम्बन्धी तालिम

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको जिल्ला सदरमुकाम खंलगामा कानुनी सहायता सेवा सम्बन्धी तालिम सुरु भएको छ । मंगलबार अधिवक्ता तथा पत्रकारका लागि २ दिने कानुनी सहायता सेवा सम्बन्धी तालिम सुरु भएको हो।

नेपाल सरकार र यु. एन. डी. पी. को सहयोगमा मानव अधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र हरप्लेसको आयोजनामा सुरु भएको उक्त तालिम आज र भोली गरि दुई दिन सम्म चल्ने हरप्लेसका जिल्ला कार्यक्रम अधिकृत माया बोहराले जानकारी दिनुभयो ।

तालिममा जिल्ला स्थित पत्रकार, अधिवक्ता, सरकारी वकिल, अदालत, प्रशासन तथा प्रहरी कार्यालयमा कार्यरत कर्मचारी लगायत २५ जनाको उपस्थिति रहेको छ ।

तालिममा न्याय निरुपणका कानुनी शब्दावली र कानुनका सर्वमान्य सिद्धान्त, स्थानीय तहको न्यायीक पहुँचको विषयमा अधिवक्ता मिलन श्रेष्ठले सहजीकरण गरिरहुनभएको छ ।

हरप्लेसका बोर्ड मेम्बर गोकर्ण खड्काको अध्यक्षताा भएको उक्त कार्यक्रमो सन्चालन हरप्लेसका जिल्ला कार्यक्रम अधिकृत माया बोहराले गर्नुभएको थियो भने स्वागत मन्तव्य कानुनी संयोजक हिरा श्रेष्ठले राख्नुभएको थियो ।

प्रकाशित मिति: मंगलबार, असोज ४, २०७९  १७:०९
प्रतिक्रिया दिनुहोस्