Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसीकोट १० का पशुचौपायालाई रेबिज विरुद्धको खोप

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १० गलम्पाटी टोलका पशुचौपायालाई रेबिज विरुद्धको खोप लगाइएको छ ।

सोमबार मुसिकोट नगर पशु सेवा शाखाले शिविर संचालन गर्दै उक्त टोलका पशुलाई रेबिज खोप लगाएको हो ।

गलम्पाटी टोलका १५ भैंसी, २० गाई, ४६ गोरु, ५१ बाख्रा, ६ बिरालो सहित २०३ पशुलाइ रेविज खोप लगाइएको वडा अध्यक्ष धनबहादुर खड्काले जानकारी दिनुभयो ।

भदौ ११ गते बौलाहा कुकुरको टोकाइबाट घाइते भएका पशुचौपायाहरु मर्न थालेपछि तत्काल नगर पशु सेवा शाखाले शिविर सन्चालन गरेको हो ।

रेबिजको सङ्क्रमण थप नफैलियोस् भनेर गाउँमा रहेका सबै कुकुर र सङ्क्रमित कुकुरले टोकेका पशुचौपाया रहेको घरका अन्य सबै पशुलाई खोप लगाउने गरी रेबिज खोप शिविर सञ्चालन गरिएको वडाध्यक्ष खड्काले बताउनुभयो।

प्रकाशित मिति: मंगलबार, असोज ४, २०७९  १७:०९
प्रतिक्रिया दिनुहोस्