Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

२०७९ असोज ६
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वको भुमे गाउँपालिका वडा नम्बर ३ क्याङ्सी बगर नजिक बिहिवार दिउँसो गाडी दुर्घटना भएको छ ।

काठमाडौंबाट रुकुमकोट आउदै गरेको धौलागिरी यातायात प्रा.लि. को ग १ ख ९१०९ नम्बरको बस दुर्घटना भएको हो । बस दुर्घटना हुदाँ ४ जनाको मृत्यु भएको र १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश डागीले बताउनु भयो । दुर्घटनाका घाईतेहरुको जिल्ला अस्पताल रुकुम पूर्वमा उपचार भैरहेको छ ।

दुर्घटना भएको बसमा १७ जना यात्रु सवार रहेका थिए । दुर्घटनाबाट मृत्यु हुनेहरुको सनाखत भैसकेको छैन ।।

प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९  १६:०९
प्रतिक्रिया दिनुहोस्