Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्व बस दुर्घटना अपडेट : ५ जनाको मृत्यु, घाइते ४ जनालाई हेलिकप्टर मार्फत कोहलपुर लगियो

२०७९ असोज ६
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ३ मा भएको बस दुर्घटनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या ५ पुगेको छ ।

काठमाण्डाैबाट रुकुम पूर्वको रुकुमकोटतर्फ आइरहेको ग १ ख ९१०९ नम्बरको यात्रुवाहक बस बिहीवार दिउँसो क्याङसी बगरमा दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर घाइते भएका ४ जनालाई उपचारका लागि हेलिकप्टरमार्फत कोहलपुर लगिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश डाँगीले जनाकारी दिनुभयो । मृतकको सनाखत हुन र घाइतेको परिचय खुल्न बाँकी रहेको बताइएको छ । 

दुर्घटनामा परेको बसमा १७ जना यात्रु सवार थिए । अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९  १७:०९
प्रतिक्रिया दिनुहोस्