Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्व बस दुर्घटना : मृतक ५ जना र घाइतेहरुकाे पहिचान खुल्यो

२०७९ असोज ६
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ३ मा भएको बस दुर्घटनाबाट मृत्यु हुने ५ जनाकाे पहिचान खुलेको छ ।

दुर्घटनामा परि मृत्यु हुनेहरुमा रुकुम पूर्व भूमे गाउँपालिका ५ का २३ वर्षका बुद्धिमान बुढा, पुथा उत्तरगङ्गा गाउँपालिका ८ का ३५ वर्षका पूर्णबहादुर बुढा, रामेछापका बस चालक लीलाभक्त श्रेष्ठ, रुकुम पूर्वकै सिस्ने गाउँपालिका ६ की ४० वर्षकी लक्ष्मी खड्का र उहाँका दुई वर्षका छोरा सिजन रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले बताएको छ ।

दुर्घटनामा परेर घाईते हुनेहरुमा सिस्ने ६ का ३६ वर्षिय लाल बहादुर खड्का र ६ वर्षिय साइमन खड्का, बुर्तिबाङ १ बाग्लुङका १८ वर्षिय सुनिल पौडेल, सिस्ने गाउँपालिका ६ कि १९ वर्षिय निरुता थापा, भूमे ८ का ६१ वर्षिय मोहन बुढा, त्रिबेणी गाउँपािका रुकुम पश्चिमका २१ वर्षिय घमण्ड खड्का मगर, आठबिसकोट नगरपालिका १३ का ३३ वर्षिय डम्मर नेपाली रहनुभएको छ ।

यस्तै मुसिकोट नगरपालिका ८ का २२ वर्षिय किसान क्षेत्री, भूमे ३ का ३२ वर्षिय शक्ति पुन, भूमे ५ का २५ वर्षिय खमेन्द्र बुढा, पुथा उत्तरगंगा ११ का २२ वर्षिय भरत बुढा र भूमे ५ का १९ वर्षिय सुवर्ण बुढा पनि घाईते हुनुभएको छ ।

घाईते मध्य लाल बहादुर खड्का, साइमन खड्का, निरुता थापा र डम्मर नेपालीलाई थप उपचारको लागि कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको छ भने बाँकीको जिल्ला अस्पताल रुकुम पूर्वमा उपचार भइरहेको छ । ।

काठमाण्डाैबाट रुकुम पूर्वको रुकुमकोटकोट तर्फ आइरहेको  ग १ ख ९१०९ नम्बरको बस आज बिहीवार दिउँसो भूमे ३ क्याङसी बगरमा दुर्घटना भएको थियो ।

प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९  १८:०९
प्रतिक्रिया दिनुहोस्